गुँरास फुल बेचेर पढाई खर्च

http://sindhulidarpan.blogspot.com/2013/03/flower.html
रमा कार्की,
सिन्धुली,फागुन १९ ।
सिन्धुलीको रतनचुरा गाविसमा पर्ने खनियाँखर्कका बालाबालिकाहरुलाई आज भोली गुँरासको फुल बेच्न भ्याइ नभ्याइ छ । यसो हेर्दा कुनै शुभकार्यमा स्वागतका निम्ति हात भरी गुराँसको फुलका गुच्छा बोकेर अतिथीलाई पर्खेर बसेका जस्ता देखिने ती बालबालिकाहरुको दृश्य स्वागत मात्र नभएर व्यापारका निम्ति पनि हो । अहिले सिन्धुलीको महाभात क्षेत्र गुँरासले बेहुली जस्तै सिंगारिएको छ । सिन्धुली बनेपाको बाटो हुँदै दिनहुँ आवतजावत गर्ने र अन्य छोटो दुरीमा यात्रा गर्ने यात्रुहरुको पर्खाइमा बसेका बालबालिकाहरु तछाडमछाड गर्दै फुल बेच्न तत्लिन छन् । त्यहाँका बालबालिकाहरु ए सस्तो सस्तो दशै रुपैयाँ दसै रुपैयाँ भन्दै गुरासको फुल बेचिरहेका भेटिन्छन् ।

गुराँस टिप्न बालबालिकाहरु आफैँ जंगल जान्छन् । कुनै दश रुपैयाँ त कुनै बीस रुपैयाँको गुच्छा बनाउँदै विक्रीका लागि यात्रुको प्रतिक्षामा हुन्छन् । गुराँसको फूल बेचेर दिनहुँ ५० रुपैयाँ सम्म पैसा कमाउने र पढाईका लागि खर्च पुराउने बालक खिलबहादुर थापा मगर वताउनुहुन्छ ।
स्कुलको समय भन्दा वाहेक गुराँसको फूल वेच्नु उनिहरुको दैनिकी नै वनेको छ । आफूसंग भएको फुल सबै यात्रुहरुले नकिन्ने र सबैले किनिदिए एकै दिनमा धेरै पैसा हुने अर्का बालक सन्जिव तामाङ्को भन्नुहुन्छ । फागुन, चैत्र र वैशाख गरी तीन महिनासम्म फुल्ने गुराँसले सवैको मन त लोभ्याएकै छ स्थानिय बालकालिकालाई समेत पढाई खर्च जुटाउने माध्यम बनेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !