पूर्व युवराज पारस शाहको होस खुल्यो

http://sindhulidarpan.blogspot.com/2013/03/paras-sha.html
काठमाडौं, फागुन १९ ।
बैंककमा हृदयघातको उपचार गराई रहेका पूर्व युवराज पारस शाहको झण्डै दुई साता पछि होस खुलेको छ । पूर्व युवराज पारसलाई हृदयघात भएपछि फागुन–८ गते अस्पताल भर्ना गरिएको थियो । होस खुले पनि पूर्व युवराज पारसलाई भेन्टिलेटरमै राखेर उपचार गरिएको अस्पतालका कार्डियोलोजिस्ट डा.माना चान्डाभिमोलले जानकारी दिनुभयो ।

समितिभेज अस्पतालले आज विज्ञप्ति जारी गरेर पूर्व युवराज पारसको होस खुलेको जनाएको हो । ‘पारस शाहको होस खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ । पूर्व युवराज पारसको स्वास्थ्य अवस्था नाजुक हुँदै गए पछि पूर्व राजा एवं बाबु ज्ञानेन्द्र शाहसहित सबै परिवार बैंककमा पुगेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !