सिन्धुलीमा सुपथ मुल्य पसल सञ्चालन



सिन्धुली,फागुन १९ ।
सिन्धुलीको शनिवारे हाटवजारमा आजवाट सौगात लघु उद्यम सहकारी संस्थाले सुपथ मुल्यको पसल सुरु गरेको छ । स्थानीय उद्यमीहरुले उतपादन गरेको बस्तुहरुको बजारिकरणको विकासको लागि  संस्थाले सुपथ मुल्यको पसल सञ्चालन सुरु गरेको हो ।  

स्थानीय लघु उद्यमीहरुले उत्पादन गरेको बाँसका सामाग्रि, अम्रिसोका सामाग्रि, जुनारको तथा कटहरको स्क्वाइस, मैन बत्ति, अगरबत्ति, प्राङगरीक प्रविधिद्वारा उत्पादित कृषि सामाग्रिको प्रबर्धनको लागि हाटमा स्टल राखिएको सहकारीको अध्यक्ष मंगला बरालले जानकारी दिनु भयो । स्थानीय उत्पादनलाई प्रबर्धन गर्न सुरु गरीको सुपथ मुल्यमा पसलमा उपभोक्ता ग्रहकहरु वढी अकर्षित भएको र सोचे भन्दा वढी व्यापार भएको लेख समिति संयोजक विमला थापाले जानकारी दिनु भयो ।

 रसायनीक प्रविधिद्वारा उत्पादित वस्तुले मासिनको स्वास्थ्यमा हानी पु¥याउने भएकोले पनि प्राङगरीक प्रविधिद्वारा उत्पादित खाद्य सामाग्रिमा उपभोक्ताको रुचि बढेको थापाले वताउनु भयो । कमलामाई नगरपालिका वडा नं. १ देखि ९ सम्म कार्य क्षेत्र बनाई दर्ता भएको यस सहकारी संस्थाले सिन्धुलीमाढी धुराबजारमा सौगात गृह समेत संञ्चालन गर्दै आई रहेको छ । स्थानीय उत्पादनलाई बजारिकरणको व्यवस्था सौगात लघु उद्यम सहकारी संस्थाले गरिरहेकोले लघु उद्यमीहरुलाई आफ्नो उत्पादित सामाग्रि सौगात गृहमा ल्याउन सहकारीका सचिव जमुनाकुमारी श्रेष्ठले जानकारी गराउनु भयो ।

Related

प्रमूखखबरहरु 4310482498914007118

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item