म्याद नाघेर १० वर्ष भईसकेका सामाग्री सिन्धुली बजारमा

http://sindhulidarpan.blogspot.com/2013/03/expired-food.html
सिन्धुली,फागुन १९ ।
उपभोक्ता मञ्च सिन्धुली र जिल्ला प्रशासन कार्यालयको सयुक्त अनुगमन टोली लामो समयपछि पुन अनुगमनमा लागेको छ । लामो समयदेखि अनुगमनलाई नजर नलगाएको टोलिले आज माढी बजार स्थित आज हाटमा अनुगमन गरेको छ । अनुगमनका क्रममा १० वर्षसम्म म्याद नाघेको सामान पाइएको अनुगमन टोलिले जनाएको छ । अनुगमनका क्रममा बजारमा विक्रिका लागि राखिएको कस्मेटिक सामान तेल क्रिमको १० वर्षसम्म म्याद नाघेको सामान पाइएको अनुगमन समिति एवं सहायक प्रजिअ डिजन भट्राइले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –“बजार अनुगमनका क्रममा हामीले धेरै पहिले १९९८ मा बनेको सामान २००२ सम्म प्रयोग गर्ने अनुमती भएको कस्मेटिक सामान क्रिम पाउडर पाइएकाले उक्त समान बरामत गरि व्यापारी शम्भुसौगात दासलाई आइतबार जिल्ला प्रशासन बोलाइएको छ” ।

त्यसैगरी अनुगमनै क्रममा हाटमा व्यापारका लागि राखिएको विस्कुट म्याद नाघेको करिब १०० थान विस्कुट बरामत गरिएको अनुगमन समिति एवं उपभोक्ता मञ्च सिन्धुलीका अध्यक्ष अध्युतम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार व्यापारी दुर्गा चौधरीले व्यापारका लागि राखेको उक्त विस्कुटको म्याद सकिएको र प्याकेट फुटेको अवस्थामा फेला परेको हो । उनले म्याद नाघेका र सडेगलेका सामान विक्रि गर्ने व्यापारीप्रति आक्रोश पोख्दै भने, व्यापारीहरुले पसलमा नविकेका सामार र म्याद नाघेका सामान हाटमा ल्याएर वेच्ने अनि हामी उपभोक्तालाई ठग्ने प्रबृत्ति बढेको छ यसको कडा कारवाही हुनुपर्छ ।
त्यसैगरी सुमित्रा चौधरीको पसलबाट कुहेको बयर भेटिएकाले उक्त बयर फालिएको अनुगमन समितिले जनाएको छ । त्यस्तै अर्को एक नाम नखुलेको पसलबाट पनि कुहिएर सडेको बयर फालिएको समितिले जनाएको छ । त्यस्तै कृष्ण चौधरीको पसलबाट पनि म्याद नाघेका सामान बरामद भएको सहायक प्रजिअ भट्राइले बताउनुभयो । त्यसैगरी म्याद नाघेका विस्कुट अम्लेश चौधरीको पसलबाट पनि बरामद गरिएको उहाँले जनाउनुभयो । त्यसैगरी चट्पट्टे पसलमा शंकास्पद रङ परिक्षणको लागि लिइएको विभिन्न पसलबाट भारतिय ढक र ढुङगाको ढक बरामद गरिएको अनुगमन समितिले जनाएको छ । समितिले कैफिएत भेटिएका व्यापारिहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा बोलाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !