कृष्णप्रसाद भट्टराईको दोस्रो पुण्य तिथिमा विभिन्न कार्यक्रम हुँदै


काठमाण्डौ,फागुन २० ।
नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको दोस्रो पूण्य तिथिका अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछ । नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो । उहाँको सम्झना र सम्मानमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा नेपाली राजनीतिमा स्वर्गीय भट्टराई पु¥याउनुभएको योगदानको चर्चा गरिने छ ।

नेपाली राजनीतिमा निष्ठा, निश्वार्थ र इमान्दारिताको पहिचान छाड्न सफल नेता भट्टराईको सम्झनामा आज उहाँको निवास बाँडेगाँउमा दिउँसो १ बजे विशेष कार्यक्रम गरिंदैछ । यस्तै काङग्रेसका भ्रातृ संस्थाहरुले विभिन्न कार्यक्रम गरे पनि नेपाली काङग्रेसले भने कुनै औपचारिक कार्यक्रम राखेको छैन । पछिल्लो राजनीतिमा निष्क्रिय रहनुभएका भट्टराई लोकतान्त्रिक सरकारले तयार पारेको ललितपुरको बाँडेगाउँको आश्रममा बस्दै आउनुभएको थियोे । भट्टराई २०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधिसभाको सभामुखका साथै पत्रकार महासङ्घका संस्थापक सभापतिसमेत हुुनुहन्थ्यो ।

Related

विविध 8981268789105012309

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item