सर्लाहीमा भएको सवारी दुर्घटनामा युवतीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/03/death.html
सुरेश बिडारी,
सर्लाही,फागुन २० ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको बाँकेमा भएको सवारी दुर्घटनामा युवतीको मृत्यु भएको छ । भने एक जना सामान्य घाइते भएका छन् । मोटरसाईकल दुर्घटनामा धनुषा औरही–५ की १८ बर्षिया रिना कुमारी यादवको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भिर घाईते भएकी यादवलाई बिहान ९ बजेतिर घटना भए लगत्तै उपचारका लागि लालबन्दी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको लालबन्दी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक सन्तोष पण्डितले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाईकल चालक २२ वर्षिय औरही–४ दिपेश्वर महतो सामान्य घाइते भएका छन् । महतोको लालबन्दी मोडल अस्पतालमा उपचार गरिएको छ । ज ४ प ९९ ९२ नम्बरको मोटरसाईकलमा पूर्व जाँदै गरेका उनीहरु तिव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !