नौमती बाजा संरक्षण गर्दै गुरुङ्ग र मगर समुदाय

http://sindhulidarpan.blogspot.com/2013/03/music.html
बाँके,फागुन २० ।
नौमती बाजा बजाउने पेसा दमाई जातीको हो भन्ने अझै पनि नेपाली समाजमा कायमै छ । यो मान्यतालाई तोड्दै दमाई जातीले नौमती बजाउने पेशा नै छाडेको भन्दै बागेश्वरी १ धौलागिरीका मगर र गुरुङ्ग समुदाय नौमती बाजा समहु गठन गरी यसको संरक्षण र विकासमा जुटेका छन् । छोराछोरीको विवाहमा बाजा बजाउने मान्छे नपाईने र दमाई जातीहरुले बाजा बजाउन छाडेकाले हाम्रो सस्कृति लोप हुन नौमती सरक्षणमा जुटेको समहुका उपाध्यक्ष बल बहादुर दगामीले बताउनुभयो ।
सुरु सुरुमा बाजा बजाउँदा कतिपय ठाउँमा दमाई भनेर समेत दुव्यवहार गरे अव भने बाजा बजाउँदा गौरभ हुने दलामीले बताउनुभयो । यहाँका मगर र गुरुङ्ग समुदायले ३०६३ सालमा नौमती बाजा समुह गठन गरेका थिए । हाम्रो धर्मसस्कार अनुसार विवाह पाटी, पुजापाठ, ब्रतबन्ध देखि सामाजिक कार्यमा नौमती बाजाको अनिवार्य हुन्छ, दमाई जातीले बजाउन छाडेपछि लोप हुदै गएको नौमती सरक्षणमा जुटेको नौमती बाजा समुहका अध्यक्ष गंगा बहादुर थापाले बताउनुभयो । नौमती बाजा समुहमा अहिले दमाह, सनाही, कनोल, नसिङ्ग, झ्याली, ढोलकी, टेम्को गरी १० थान नौमती बाजा छ । जातीका रुपमा मगर र गुरुङ्ग भएपनि दमाई जातीले अंगालेको पेशा अगाल्दा बेग्लै आनन्द र मजा आउने गरेको बाजा संरक्षणमा जुटेका पदम् बहादुर श्रीसले बताउनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !