अवैधरुपमा नेपाल ल्याईंदै गरेको १ सय ५० बोरा चिनी बरामद


  कैलाली,फागुन २० । 
सीमा सुरक्षा कार्यालय धनगढीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको १ सय ५० बोरा चिनी र ट्रक पक्राउ गरेको छ । गेटा गाविसको वडा नम्बर ७ श्रीलंका मुक्त कमैया शिविर नजिकैबाट ट्रक चिनीसहित पक्राउ गरेको हो ।

 सीमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको शसस्त्र प्रहरीको टोलीले परिमाणको समान पक्राउ गरेको हो । पक्राउ परेको ट्रक र चिनी कैलाली भन्सार कार्यालय कैलालीमा बुझाइएको हो । पक्राउ परेको ट्रक र चिनी करिब १२ लाख ५० हजार बराबरको रहेको सीमा सुरक्षा कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक आनन्द नेंवाङ्गले बताउनुभयो ।

Related

प्रमूखखबरहरु 5509382127616162124

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item