सिन्धुलीका विद्यालयका कर्मचारीको तलबको लागि एक करोड रकम अभाव


नविनबाबु अधिकारी,
सिन्धुली,फागुन १८ ।
जिल्ला शिक्षा कार्यलय सिन्धुलीमा विद्यालय कर्मचारीलाई तलब खुवाउनको लागि आर्थिक वर्ष २०६९÷०७० मा एक करोड भन्दा बढी अभाव हुने भएको छ । नेपाल सरकारले पुरा बजेट नल्याउदा जिल्ला शिक्षा कार्यलय सिन्धुलीको विद्यालय कर्मचारीलाई १ करोड १० लाख ७३ हजार १ सय ५० अपुग हुने भएको हो । आर्थिक वर्ष २०६९/०७० को लागि नेपाल सरकारले पुर्ण बजेट नल्याउदा सिन्धुलीको विकास निर्माण कार्यमा असर परेको नै थियो तर जिल्ला शिक्षा कार्यलयले भने विद्यालय कर्मचारीलाई समेत एक करोड भन्दा वढी बजेट अपुग भएको कार्यलयका उप–सचिव बद्रिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
 
 विद्यालय क्षेत्र सुधार कार्यक्रमबाट तलब खाने जिल्ला भरिका ५ सय ६० विद्यालयका कार्यलय सहयोगीहरुलाई बजेट थोरै आएको कारण तलब खुवाउन बजेट अभाव हुने भएको पौडेलले बताउनुभयो ।  यस आर्थिक वर्षमा विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि सिन्धुलीमा ३ करोड ६ लाख ३५ हजार मात्र बजेट निकासा भएको पौडेलले जानकारी दिनु भयो ।

Related

प्रमूखखबरहरु 747442441574968803

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item