होलीका लागि ३० लाखको रङ भित्रियो


कपिलवस्तु,चैत ९ ।
रङको पर्व होली आउन एक साता मात्र बाँकी रहँदा जिल्लाका विभिन्न स्थानमा यसको बिक्री सुरु भइसकेको छ । तराईमा विशेष प्रकारले होली मनाइने र यसको महत्व दसैं–तिहार बराबर हुने गर्दछ । अबिर तथा रंग व्यापारीहरूले एक साताअघिदेखि नै रंगको बिक्री सुरु गरिसकेका हुन् । जिल्लाका मुख्य बजार कृष्णनगर, तौलिहवा, चन्द्रौटा, महाराजगन्ज, बहादुरगन्ज, पकडी, मर्यादपुरलागायतका क्षेत्रमा होलीका लागि रङ बिक्री सुरु भइसकेको छ ।


नेपालमा रङ उत्पादन नहुने भएपछि व्यापारीहरूले भारतीय बजारबाट होलीका लागि सामग्रीहरू भित्र्याएका छन् । व्यापारीहरूले यस वर्षको होलीका लागि करिब ३० लाख बढीका रङ र त्यससँग सम्बन्धित अन्य सामग्री खरिद गरेको बताएका छन् ।

Related

मनोरञ्जन 148106966146241102

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item