कार्यालयको कम्प्युटर कर्मचारीको घरमा


 बाँके,चैत ६ ।
असुरक्षाको कारण देखाउँदै बाँकेको खजुराखुर्द गाविस कार्यालयको कम्प्युटर ५ बर्षदेखि कर्मचारीले घरमै राख्दै आएका छन् ।  वि.स. २०६३ सालमा ल्याएको उक्त कम्प्युटर पुर्व सचिव केशव पौडेल कोठामै २ बर्ष चलाएका थिए भने ३ बर्षयता गाविसका खरिदार शिव वहादुर थापाले राख्दै आएका छन् । कम्युटर नै नभएपछि गाविस कार्यालयका सबै काम फाईल बनाएर राख्ने गरिएको छ भने आवश्यकता परे पैसा तिरेर बाहिर काम गर्ने गरिएको छ । 

विगतमा कार्यालयमा तारवार र पर्खाल नहुँदा ताला फोड्ने, धाराको पम्महरु चोरीका कारण घरमा राखिएको खरिदार थापाले बताउनुभयो । कार्यालयमा कम्प्युटर अप्रेटर नभएको र विग्रिएकोले कार्यालय भन्दा घरमै सुरक्षित मानेर राखेको गाविस सचिव शशिधर पोखरेलले बताउनुभयो । गाविसमा असुरक्षा, जनशक्ति अभाव र मदरबोर्ड विग्रिएको भन्दै कार्यालयले कम्प्युटर कार्यालयमा राख्ने विषयमा चासो दिएको छैन् ।

Related

विविध 2301925385263681351

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item