बानेश्वरमा रहेको एनसेल कार्यालयमा तोडफोड


काठमाण्डौ,चैत ६ ।
नेकपा माओवादीसंवद्ध मजदुर युनियनले नयाँ बानेश्वरमा रहेको एनसेल कार्यालयमा तोडफोड गरेको छ । मजदुरहरूको आक्रमणबाट कार्यालयको सीसा फुटेको छ भने फर्निचरहरू पनि तोडफोड भएको छ ।

उनीहरूले बाहिरबाट ढुङ्गा हान्नुका साथै कार्यालयभित्रै प्रवेश गरी क्षति पु¥याएको एनसेल कार्यालयले जनाएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घका कार्यकर्ताहरूले एनसेल कार्यालयमा आक्रमण गरेका हुन् । आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले केहीलाई पक्रेको छ । एनसेलले ८७ जना कर्मचारीलाई नियमविपरीत हटाइएको आरोप लगाउँदै महासङ्घले आन्दोलन गर्दै आएको छ ।

Related

विविध 2195199255851118794

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item