सिन्धुलीको जुनार चीन सरकारले लिने सम्झौतापछि काम शुरु


अञ्जु तामाङ,
 सिन्धुली,चैत ६ ।
सिन्धुलीको जुनार फलमा लाग्ने फल कुहाउने, औंशा पार्ने जस्ता कामको अनुगमन एवं व्यवस्थापनको लागि जुनर क्षेत्रमा पासो राख्ने काम सम्पन्न भएको छ । अनुगमनमा क्षेत्रिय बाली संरक्षण प्रयोगशाला हरिहरभवन ललितपुरको संयोजकत्वमा बाली संरक्षण अधिकृत कृष्णभद्र अधिकारी, वरिष्ठ वागवानी अधिकृत बोमबहादुर थापा, बरिष्ठ बालीरोग विज्ञ सुरज वैद्य र जिल्ला कृषि विकास कार्यलय सिन्धुलीका बाली संरक्षण अधिकृत देवराज अधिकारीसहितको टोलीले जिल्लाको रतन्चुरा, बासेश्वर, जलकन्यालगायत गाविसको जुनार बगैंचामा पासो राखिएको कृषि विकास कार्यलय सिन्धुलीले जनाएको छ । 
 
पासोमा परेका किराहरुको पहिचान गरी तीनको व्यवस्थापनमा लाग्न कार्यलयले किसानलाई आग्रह पनि गरेको छ । सिन्धुलीको जुनार फल चीन सरकारले लिने संझौता भए अनुसार प्राविधिक हिसाबले रोग, किरामुक्त गराउन सर्वेक्षण हुदै आइरहेको छ  । चीनमा सिन्धुलीको जुनार निर्यत गर्न ५ प्रजातिका फल कुहाउने औशा पार्न झिगाँहरु कोत्रे रोग र ग्रिनिङ्ग रोग मुक्त जुनार फल हुनुपर्ने चीन सरकारको शर्त छ । 

Related

स्थानिय 4005196456219025978

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item