भ्रष्टचारी पुर्व मन्त्री,जेपी गुप्ता आज जेल मुक्त हुँदै



काठमाण्डौ,चैत ५ । 
भ्रष्टाचारको कसुरमा जेलमा रहेका पूर्व मन्त्री जयप्रकाशप्रसाद गुप्ता आज रिहा हुदैछन् । अकुत सम्पत्ति आर्जेको सर्वोच्च अदालतको फैसलाका आधारमा गुप्तालाई १३ महिना अघि जेल पठाइएको थियो । सर्वोच्च अदालतले गुप्तालाई १८ महिनाको जेल सजाय तोके पनि उनी समयमै अदालतमा उपस्थित भएका कारण नियम अनुसार ५ महिना अघि नै रिहा हुन लागेका हुन । 

 मधेशी जनअधिकार फोरम गणतान्त्रिकका संस्थापक अध्यक्ष गुप्तालाई सर्वोच्च अदालतले २०६८ फागुन ९ गते भ्रष्टाचार गरेको ठहरसहित जेल सजाय सुनाएको थियो । कैद सजायसँगै गुप्तले ८४ लाख रुपैयाँ जरिवाना पनि तिरेका छन् । 

Related

राष्ट्रिय 3453771036031659277

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item