अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आज सकिदै



काठमाण्डौ,चैत ५ । 
अन्तर्राष्ट्रिय तामाङ परिषद गठन गर्दै अन्तर्राष्ट्रिय सम्मेलन आज सकिदैछ । अस्तिदेखि राजधानीमा सुरु भएको तामाङ सम्मेलनको बन्दसत्रले आज परिषद गठन गर्नेछ । गएरातीको बन्दसत्रले विधान पारित गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका तामाङ समुदायको संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्को तेस्रो सम्मेलन जारी रहेको छ । सम्मेलनमा विभिन्न १८ देशका आठ सय प्रतिनिधिहरू सहभागी छन् । सम्मेलनमा नेपाल, भारत, भुटान, हङकङ, दक्षिण कोरिया, कुवेत, कतार, युएईलगायतका मुलुकबाट प्रतिनिधिहरू सहभागी रहेको तामाङ घेदुङका महासचिव कुमार ब्लोन तामाङले जानकारी दिनुभयो । तामाङ समुदायको पहिचान, संस्कृति, भाषालगायतका विषयमा आगामी कार्यनीति तय गर्ने विषयमा आज पनि छलफल हुँदैछ । 

Related

विविध 8798196882053804185

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item