मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्डमा

http://sindhulidarpan.blogspot.com/2013/03/culture.html
जनकपुर,चैत ५ ।
मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरी जिल्लाको ध्रुवकुण्ड पुगेको छ । मडईबाट परिक्रमाको धार्मिक लस्कर आज बिहानै ध्रुवकुण्ड पुगेको हो । हजारौको संख्यामा सहभागी परिक्रमा यात्रीहरुको लागि स्थानीय युवा क्लब तथा संघसंस्थाहरुले दाउरा, खानेपानी, भोजनलगायत औषधीको निशुल्क व्यवस्था गरेका छन् । गएको मंगलबार जनकपुर नगरपालिका–१२ हनुमान नगरबाट प्रारम्भ भएको परिक्रमा भारतको दुई बासा पार गर्दै महोत्तरीको धु्रुवकुण्ड पुगेको हो । यसअघि महोत्तरी जिल्लाको मडई सहित जलेश्वर र मटिहानी बासामा परिक्रमा यात्री विश्राम गरेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !