सरकार विरुद्ध नेपाल बारले आज विरोधसभा गर्दै

http://sindhulidarpan.blogspot.com/2013/03/lawer.html
काठमाण्डौ,चैत ५ ।
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएपछि त्यसको विरोधमा उत्रिएको नेपाल बार एसोसियसनले आज देशभर विरोधसभा गर्दैछ । आज देशभरका प्रमुख शहरहरुमा विरोधसभा गर्ने बार एसोसियसनले जनाएको छ । प्रधानन्यायाधीशलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाएको दिनलाई कालो दिनका रुपमा चित्रण गर्दै आएको बारले आज त्यसको विरोध गर्न लागेको हो ।
नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले आज देशभरीका बार इकाइहरुको संयोजनमा विरोधसभा हुन लागेको जानकारी दिनुभयो । विरोधसभाको समय दिउँसो १ बजेका लागि तोकिएको छ । चार राजनीतिक शक्तिको सहमतिअनुसार प्रधानन्यायाधिश खिलराज रेग्मीले चुनावी मन्त्रिपरिषद्को अध्यक्ष पदमा सपथ लिएको दिनलाई बारले कालो दिन भनेको भनको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !