सिन्धुली लोडसेडिङ् मुक्तको उद्घोष ‘‘ हात्ति आयो,हात्ति आयो फुस्सा’’



सिन्धुली,चैत ४ ।
सिन्धुली लोडसेडिङ् मुक्तको उदघोष ‘‘हात्ति आयो, हात्ति आयो फुस्सा’’ झनेझै भएको छ । एकिकृत नेकपा माओबादीका उपाध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ माघ ९ गते सदरमुकाम सिन्धुलीमाढीको खुल्ला मञ्चमा एक महिना भित्रमा कमलामाई नगरपालिकालाई लोडसेडिङ् मुक्त नगरपालिका बनाई दिँने उद्घोष गर्नुभएको थियो । तर उद्घोष गरेको लामो समय वित्तिसक्दा समेत हालसम्म कमलामाई नगरपालिकालाई लोडसेडिङ् मुक्त बनाउँने कुनै प्रक्रिया समेत सुरु हुँन नसको विद्युत प्राधिकरण सिन्धुली शाखाले जनाएको छ । खुल्ला मञ्चमा लोडसेडिङ् मुक्त गरिदिँने उद्घोषका कारण जनताबाट तालिको स्वागत पाएका तत्कालिन प्रधानमन्त्री र उहाँको पार्टी एकिकृत नेकपा माओवादीले नगरपालिकालाई लोडसेडिङ मुक्त गर्ने तर्फ कुनै पहल कदमी नगरेको प्राधिकरण स्रोतले जनाएको छ ।

उक्त उद्घोषबाट जनताको तालिखाएका एकिकृत माओवादीका नेता तथा कार्यकर्ताहरुका लागि नगरवासीका अगाडि उद्घोष तालि र भोटका लागि गरेको राजनीति प्रमाणित भएको एक उपभोक्ताले बताएका छन्  । उनले भने–‘‘ पदमा बसेका समयमा आशा देखाउँने र जनताका सामु झुटो बोल्ने जुनसुकै पार्टी वा त्यसका नेता तथा कार्यकर्ता हुँन २१ औं शताब्दीका जनताले बुझ्ने छन् र झुटको बदला निर्वाचनमा दिने निश्चित छ ।’’

दलका नेताले नसक्ने हो भने किन बोल्ने ? त्यसमा पनि दोलखामा उत्पादन भएको विद्युत ल्याउँने भन्ने थियो । जसमा असम्भव पनि थिएन । तर अहिले देखियो की लोडसेडिङ् मुक्त गर्ने भावना हैन की जनतालाई थप एक झुट बोलिएको रहेको रहेछ उनको आरोप थियो ।
तत्कालिन प्रधानमन्त्रीले खुल्ला मञ्चबाट कमलामाई नगरपालिकालाई लोडसेडिङ् मुक्त गर्ने उद्घोष गरेको भएपनि भारप्रेसण केन्द्र काठमाडौंमा हालसम्म कुनै जानकारी नभएको प्राधिकरण कार्यालय सिन्धुलीका प्रमुख ललित नारायण चौधरीले जानकारी दिँनुभयो । उहाँलेभन्नुभयो–‘‘ थप पावरको व्यवस्थागरि निर्देशन आउँनु प¥यो । हामी तुरुन्तै नगरपालिकालाई लोडसेडिङ् मुक्त गराउँछौ । ’’
तर कतैबाट केहि भएको छैन । कसरी लोडसेडिङ मुक्त गर्न सकिन्छ भन्ने प्रश्न गर्दै चौधरीले भन्नुभयो–‘‘ तर पनि २२० केभि प्रसारणलाईका आयोजना प्रमुखहरु नगरपालिमा कतैबाट विद्युत आपूर्तिगरि केहि घण्टा भएपनि लोडसेडिङ कम गर्न सकिन्छ की भन्नेमा लाग्नु भएको छ । ’’

दोलखामा सञ्चालनमा रहेको सिप्रिङ् पावर कम्पनीबाट १० मेघावाट विद्युत उत्पादन हुँने भनिएकोमा अहिले अढाई मेघावाट पनि विद्युत उत्पादन भएको छैन रे, अनि कमलामाई नगरपाकालाई कसरी लोडसेडिङ मुक्त नगरपालिका घोषण गर्न सकिएलार खै भन्दै कार्यालय प्रमुख चौधरीले भन्नुभयो–‘‘ यहि मितिमा नगरपालिका लोडसेडिङ् मुक्त हुन्छ भन्ने एकिन साथ भन्न सक्ने आधार अहिलेसम्म कुनै कार्यालयले प्राप्त गर्न सकेको छैन ।’’ तर जिल्ला प्रशासनिक निकाय र जिल्ला स्थित राजनीतिक दलहरुको पहल कदमी समेत कम भएकाले पनि कमलामाई नगरपालिका लोडसेडिङ् मुक्त हुँनमा ढिलाई भएको समेत नगरवासीको आरोप रहेको छ ।

Related

फोटोखबर 7900956613829678158

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item