मलेसिया विरुद्धको खेलमा नेपाल विजयी, सेमिफाईनलमा पुग्ने सम्भावना बलियो


 काठमाण्डौ,चैत १६ ।

राजधानीमा जारी एसिसी ट्वाण्टी ट्वाण्टी क्रिकेट कप अन्र्तगत आजको खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । केहीबेर अघि सकिएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एकसय ६३ बनाएको थियो । जवाफि व्याटिङमा उत्रेको मलेसियाले पुरै ओभर खेलेपनि नौ विकेटको नोक्सानीमा एकसय ४४ रन मात्र बनाउन सक्यो ।

 नेपालको जितका लागि सर्वाधिक ८७ रनको योगदान गरेका कप्तान पारश खड्का म्यान अफ दि म्याच घोषित भए । यस्तै सुबाष खकुरेलले २५ र विनोद  भण्डारीले २० रनको योगदान गरेका थिए । । आजको जितपछि नेपालको सेमिफाईनलमा पुग्ने सम्भावना बलियो भएको छ । समुहचरणको खेल अन्तरगत नेपालले भोलि सिङगापुरसंग प्रतिपस्र्धा गर्नेछ । नेपाल संग समुह ए मै रहेको हङकङ यसअघि नै सेमिफाईनलमा स्थान बनाईसकेको छ ।

Related

प्रमूखखबरहरु 7365343894893904847

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item