अत्यधिक लागुपदार्थ सेवनले युवकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/03/death_30.html
नवलपरासी,चैत १७ ।
अत्यधिक लागुपदार्थ सेवनले नवलपरासीमा एक युवकको मृत्यु भएको छ । रामेछापको वेताल बस्ने २६ वर्र्षीय सुमन कार्कीको अत्यधिक लागुपदार्थ सेवन गरेका कारण मृत्यु भएको बर्दघाट प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरेर वेहोस अवस्थामा रहेका कार्कीलाई माकर ४ बर्दघाटका एसमोडमा भेटिएको थियो ।
प्रहरीका अनुसार हिजो साँझ वेहोस अवस्थामा भेटिएका कार्कीलाई स्थानीय दाउन्ने पोलिक्निकमा उपचार गर्न लगिको त्याहाँ पनि उपचार नहुने भएपछि बुटवलको लुम्बिनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !