अनिश्चितकालिन धनुषा बन्द आजबाट फिर्ता


  जनकपुर,फागुन २५ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले घोषणा गरेको अनिश्चितकालिन धनुषा बन्द आजबाट फिर्ता लिइएको छ । विवाह व्रत बन्ध, महाशिवरात्री र एस.एल.सी परीक्षालाई  मध्य नजर गर्दै फोरम लोकतान्त्रिकद्धारा घोषणा गरिएको अनिश्चितकालिन धनुषा बन्द फिर्ता लिइएको फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य संजय कुमार साहले जनकारी दिनु भएको छ ।

जिल्लामा सुशासन कायम तथा जनतालाई विकासको अनुभूति र धार्मिक मठ, मन्दिर, गुठीहरुको जमिन संरक्षणका लागी ११ बँुदे माग राखी बन्दको आह्वान गरिएको थियो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकद्धारा जारी गरिएको विज्ञप्तीमा धनुषा जिल्लामा आउने विकासको बजेट र शिक्षा स्वास्थ्यका लागि आउने रकम जिल्लाका स्थानीय प्रशासन भ्रष्टचार गरेकोले विकासका कामहरु प्रभावित भएको आरोप लगाएका छन् । अनिश्चितकालिन धनुषा बन्द पाँच दिनपछि फिर्ता लिएपछी जनकपुर लगायत धनुषाको जनजीवन आजबाट समान्य बनेको छ ।

Related

विविध 516537098975817828

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item