ए डिभिजनको सुपर लिगका खेलहरु आजबाट सुरु हुदै


काठमाण्डौ,फागुन २५ ।
सहिद स्मारक ए डिभिजनको सुपर लिगका खेलहरु आजबाट सुरु हुदैछन् । अन्तिम ८ मा पर्न सफल टोलीहरुबीच हुने खेलको पहिलो खेल आज शीर्ष टोली थ्रीस्टार तथा आंठौ स्थानमा रहेको विभागीय टोली नेपाल पुलीस क्लबिच हुदैछ । दशरथ रंगशालामा दिउँसो ४ बजे हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । कुल एक करोड ४७ लाख रुपैँया पुरस्कार राशी रहेको ३९ औं संकरणको यो खेल विजेता टोलीले ७५ लाख रुपैँया पुरस्कबार प्राप्त गर्ने छ । 

यस्तै दोस्रो हुनेले ३५ लाख हात पार्ने छ भने तेस्रो हुनेले १५ लाख तथा चौथो हुने टोलीले ७ लाख रुपँैया पुरस्कार हात पार्ने एन्फाले जनाएको छ । पहिलो चरणको अङ्क सुपर लिगमा समेत गणना गरिने भएकाले थ्रीस्टारलाई उपाधीको दाबेदार टोली मानिएको छ । उसको १५ खेलमा ३५ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आर्मीको २८ अङ्क, तेस्रो स्थानमा रहेको मच्छिन्द्रको २७ तथा चौथो, पाँचौ र छैटौं स्थानमा रहेका आरसीटी, मनाङ् र एनआरटीको समान २६ अङ्क रहेको छ । 

Related

विविध 8647188046650094283

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item