चुनाव रोकिदैन : बाबुराम


काठमाण्डौ,चैत ९ ।
मोहन वैद्य नेतृत्वको नेकपा माओबादीले सँविधानसभा चुनाव वहिष्कार गर्ने घोषणा गरिरहदा पूर्व प्रधानमन्त्री एवं एकिकृत माओबादीका उपाध्यक्ष बाबुराम भट्टराईले कुनै दलले चुनाव बहिष्कार गर्देमा चुनाव नरोकिने बताउनुभएको छ ।
नेपाल बाणि नेटवर्कसँग पूर्व प्रधानमन्त्री भट्टराईले जनताको अभिमत प्रकट हुने माध्यम चुनाव भएकाले जनताका सामु जान डराउन नहुने बताउनुभयो । देशमा सय भन्दा धेरैको सँख्यामा राजनीतिक दलहरु भएकाले कुनै  पनि दलले चुनाव बहिष्कार गर्देमा चुनावमा असर नपर्ने उहाँको भनाइ छ ।

आगामी चुनावमा सहभागी हुन सवै दलहरुलाई आग्रह गर्दे पूर्व प्रधानमन्त्री भट्टराईले चुनावमा भाग नलिने दल समाप्त भएर जाने चेतावनी समेत दिनुभयो । देशलाई निकास दिन सवै पक्षको ध्यान निर्वाचनमा लगाउनुपर्नेमा उहाँको जोड छ ।
यस्तै सरकार चुनावका लागी गम्भिरताका साथ जुटेको र उच्चस्तरिय राजनीतिक समितीसँग प्रभावकारी रुपमा समन्वय भइरहेको भट्टराईको दावि छ । दलहरुले नै सरकार गठन गरेकाले दलहलाई असफल भन्नु गलत भएको पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो । आफनो कार्यकालमानै सम्पन्न हुने सँविधानसभा चुनाव राष्ट्रपतिको असहयोगका कारण ढिला भएको उहाँको तर्क छ ।
बाधा अडकाउ अध्यादेश रोकिदिएकाले आफूले घोषणा गरेको चुनाव सम्भव नभएको उहाँको प्रष्टोक्ति छ ।

Related

राष्ट्रिय 8006810339114740782

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item