चिट चोराउने ९ जना प्रहरी हिरासतमा

http://sindhulidarpan.blogspot.com/2013/03/exam_17.html
अछाम,चैत ४ ।
प्रवेशिका परीक्षाको तसा्रे दिन आज अनिबार्य गणित बिषयको परिक्षा चलिरहदा मंगलसेन परीक्षा केन्द्रबाट चिट चोराउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुपेन्द्र भन्डारी, केसर बोहोरा, सुरेस बोहोरा, विक्रम बोहोरा, कृष्ण कुवर, रेवन्त विष्ट, शिव कुमार यादव, भैरव विष्ट र लोकेन्द्र शाही रहेका छन ।
उनिहरुलाई अस्थाइ प्रहरी पोष्ट मंगलसेनको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । अछामबाट यस बर्षको प्रवेसीका परीक्षामा ५ हजार ७ सय ७२ नियमित र एक हजार एक सय ७ एक्जाम्टेड गरी ६ हजार ८ सय ७९ बिद्यार्थी सहभागि भएका छन । त्यसै गरी बाजुराको तोली परीक्षा केन्द्रमा चिट चोराउन खोज्ने अभिभाबक र प्रहरी विच झडप भएको बाजुरा प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !