काभ्रेमा आजबाट तीनदिने साँस्कृतिक मेला सुरु


प्रकाश सुन्दश,काभ्रे,चैत १५ ।
अनाथ तथा असहाय बालबालिकाको सहयोगका लागि काभ्रेको बनेपामा आजबाट तीन दिने साँस्कृतिक भेला सुरु भएको छ । ‘नवज्योति आविजी इभेन्ट म्यानेजमेन्ट प्रालिको भावना, कला संस्कृति र अनाथ, असहाय बालबालिकाहरुको उचित गर्जेना’ भन्ने नाराका साथ आयोजना गरिएको भेला आजदेखि १७ गते सम्म चल्ने छ । भेलाको पहिलो दिन गायक प्रमोद खरेल, लोकदोहोरी गायक बद्री पगेंनी, तितो सत्य टिलि शृङखलाका दिपक राज गिरी, दिपाश्री निरौँला, निर्मल शर्मा (गैडां) र हरि कर्माचार्यको साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । मेलाबाट संकलित रकम अनाथ र असहाय बालबालिकाको क्षेत्रमा खर्च गरिने आयोजक नवज्योति आविजी इभेन्ट म्यानेजमेन्ट प्रालिका सचिव प्रकाश शाहीले जानकारी दिनुभयो ।

Related

विविध 4741847848845232729

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item