मिर्गौला दिवसको अवसरमा भोलिदेखि निशुल्क डाइलोइसिस सेवाको घोषणा

काठमाण्डौ,फागुन ३० ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीले मिगौला दिवसको अवसर पारेर भोलि चैत १ गतेदेखि विपन्न वर्गका मिगौला रोगीहरुलाई निःशुल्क डाईलोइसिस सेवा उपलब्ध गराउने भएको छ । विश्व मिगौैला दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय मिर्गौला उपचार केन्द्रले दिनप्रतिदिन बढ्दै गएका मिर्गौला रोगीहरुको अवस्थालाई मध्यनजर गरी सेवा उपलब्ध गराउने घोषणा गरेको जनाएको छ ।

 आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गएको वर्ष केन्द्रले साढे ३६ हजार सेसन डाइलाइसिस गरेकोमा आउने वर्षदेखि वर्षको ४० हजार रोगीहरुको निशुल्क डाइलाइसिस गर्ने जानकारी पनि दिइयो । कार्यक्रममा राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद आचार्यले केन्द्रले अब आप्mनै भवन निर्माण गरेर अत्याधुनिक तरिकाबाट स्तरीय सेवा दिने पनि बताउनुभयो ।

 डाइलाइसिस गर्न महिनाको ३५ हजार खर्च लाग्ने उपचार जो कोहीले गर्न नसक्ने भएकाले मिर्गौला रोगीको सङ्ख्या घटाउन वर्षमा एक पटक आवश्यक जाँच गराउनुपर्ने सुझाव पनि कार्यक्रममा दिइयो । मिर्गौला पीडित सोनाम लामा (साथी) ले आफूले पाएको दुःख अरुले नपाउन भन्नका लागि समय समयमा रगत र पिसाब जचाउन आग्रह गर्नुभयो ।

Related

विविध 5355265755637584311

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item