विहानैदेखि अरनिको राजमार्गमा भाडाका यातायात बन्द, यात्रुलाई सास्ती



प्रकाश सुन्दास, 
काभ्रे फागुन ३० ।
 विपक्षी दलका विद्यार्थी संगठनहरुलको आन्दोलनका कारण आज विहानदेखि अरनिको राजमार्गमा भाडा सवारी साधन चल्न सकेका छैनन् । जगाती प्रहरी चेक पोष्ट भक्तपुरका अनुसार काठमाण्डौ भित्रिने र बाहिरिने गाडि समेत चल्न नसकेको छैन । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक, थिमीको अनुदान चोक र भक्तपुर क्याम्पस अगाडी विद्यार्थीहरुले सडक अवरुद्ध पारिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । 

सार्वजनिक यातायातमा भएको भाडाबृद्धि फिर्ता र क्याम्पसमा स्ववियु चुनावको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले विहान ६ बजेदेखि १० बजेसम्म गाडी सञ्चालनमा रोक लागएका हुन् । यस्तै बीपी राजमार्गमा पनि यातायातका सार्वजनिक यातायातका साधन सञ्चालनमा नआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाडी नचल्दा यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ ।

Related

विविध 9087012977130939300

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item