मिथिलाञ्चलकै बहुचर्चित परिक्रमा आरम्भ


  जनकपुर,फागुन ३० ।
१५ दिन सम्म मनाईने मिथिला मध्यमिकी परिक्रममा आजबाट विधिवत रुपमा सुरु भएको छ । फागु औंसीको दिन प्रत्येक वर्ष मिथिला मध्यमिकि परिक्रमा सुरु हुदै आएको छ । तारापट्टीबाट मिथिला बिहारीको डोला र जानकी मन्दिरबाट निस्केको किशोरीजीको डोला हिजो जनकपुरको हनुमाननगर पुगेको थियो । आज बिहान दुबै डोला सूगै हजारौं श्रद्धालुहरु मध्यमा परिक्रमाका लागि प्रस्थान गरेका छन् । पण्डीत मुरलीधर मिश्रका अनुसार यसवर्ष षष्ठी दुई दिनसम्म पर्ने भएकोले परिक्रमा एक दिन ढिला गरेर मात्रै हनुमाननगर बाट प्रस्थान गरेको जानकारी दिनुभयो ।

 जनकपुरको हनुमान नगरबाट सुरु भएको परिक्रमा पहिलो दिन भारतको कल्याणेश्वर पुग्नेछ । गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कंचनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुदैं फेरी भारतको करुणा हुदैं कल्याणेश्वरस्थित महादेव मठमा कोरेको धर्को मेटदै परिक्रममा तिर्थालुहरु विसौलमा  राति विश्राम गरेर चतुदर्शीको दिन जनकपुरमा आईपुग्नेछ । त्यसको भोलीपल्ट फागु पूर्णिमाको दिन अन्तरगृह परिक्रमा हुदै मिथिला मध्यमापरिक्रमाको अन्त्य हुनेछ ।

Related

विविध 898520468403247871

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item