सिन्धुलीमा मुटु तथा मृगौला रोगीलाई आर्थिक सहयोग


पोष्टराज पहाडी, 
सिन्धुली,फागुन ३० ।
यहाँ स्थित सिद्धस्थली अंग्रेजी आवासिय उच्च माध्यमिक विद्यालय बाट अध्ययन गरि गएका पूर्व विद्यार्थी एवम् पूर्व शिक्षकहरुको समुहले मृगौला एवम् मुटु सम्बन्धि दुई छुट्टाछुट्टै बिरामी भएका बालकहरुलाई औषधी उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ । मुटुरोगी तुलसी एकेडेमी,लुङ्गेलीटारमा कक्षा २ मा अध्ययनरत वर्ष ९ का ईन्द्र खत्री र मृगौला रोगी सिद्धस्थली अंग्रेजी आवासिय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत निर्मल लामालाई आर्थिक सहयोग गरेको हो ।

 विद्यालय प्राङ्गणमै सबै विद्यार्थीमाझ विद्यालयका प्रधानाध्यापक ओम प्रधान र पूर्व विद्यार्थी समाजका अध्यक्ष बिजय तामाङ्ग संयुक्त रुपमा सहयोग रकम हस्तानतरण गर्नु भएको थियो । यस अघि पनि विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयबाट विद्यार्थीहरुको सामुहिक सक्रियतामा मृगौलामा समस्या भई उपचार गराइरहेका निर्मल लामालाई रु तीस हजार सहयोग गरेको विद्यालयका प्र.अ. ओम प्रधानले बताउनुभयोे ।

Related

स्थानिय 7951893738563712354

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item