काभ्रे,फागुन २४ ।
सात साना दलहरुको गठबन्धन संघिय लोकतान्त्रिक राष्ट्रिय मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण आज दोस्रो दिनपनि अरनिको र बीपी राजमार्गमा यातायातका साधन ठप्प भएको छ । विघटित संविधान सभा र अन्तरिम संविधानमा भएका समानुपातिक नीतिलाई कार्यान्वयनमा ल्याउनु पर्ने, चुनावी सरकार तत्काल बन्नु पर्ने, चुनावको मिति घोषणा, चुनावी सरकारको नेतृत्व लिने व्यक्तिलाई दोहोरो अधिकार दिन नहुनेलगायतका माग राख्दै मोर्चाले बन्द आह्वान गरेको हो ।

आजको बन्द उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम (नेपाल), संघीय मधेश समाजवादी पार्टी, ताम्सालिङ नेपाल राष्ट्रिय दल, जनमुक्ति पार्टी नेपाल, शान्ति समाज दल, लोकतान्त्रिक नागरिक पार्टी नेपाल र खम्बुवान स्वायत्त राज्य परिषद्ले संयुक्त रुपमा आह्वान गरेका छन् । बन्दका कारण राजधानीबाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र सिन्धुली हुदैँ तराईका जिल्लाहरुमा दैनिक ७ देखि एक हजार वटा सवारी ओहोरदोहोर गर्ने अरनिको र वीपी राजमार्ग सुनसान बनेको छ । छिट फुट रुपमा केहि उच्च माध्यामिक विद्यालय खुलेपनि अन्य शैक्षिक संस्था, कलकारखाना र यातायात पूर्ण रुपमा बन्द रहेका छन् । एम्बुलेन्स, पर्यटक, प्रेस, तरकारी बोकेका सवारी साधनलाई निर्वाद चल्न दिने र बन्द दिउँसो ४ बजेपछि खुल्ने ताम्सालिङ नेपाल राष्ट्रिय दलका केन्द्रिय सचिवालय सदस्य तेजेन्द्र तामाङले जानकारी दिनुभयो । लगातारको बन्दले जनजीवन निकै प्रभावित बनेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !