जताततै गुञ्जिन थाल्यो होली गीत


 सप्तरी,चैत ४ ।
तराईको सबैभन्दा महत्वपूर्ण पर्वका रुपमा चिनिँदै आएको फागु पूर्णिमा (होली) नजिकिँदै जाँदा यहाँको माहौल विस्तारै–विस्तारै होलीमय बन्दै गएको छ । घर र बजारमा होरिया गीत गाउने क्रम सुरु भएको छ भने रंग, अबिर र फूचकारीको बिक्री शुरु भएको छ । 

होरी सम्बन्धी गीतहरु पनि बजारमा गुञ्जिन थालेको छ । बसन्त पञ्चमीका दिनदेखि नै फागू पूर्णिमासम्म होरी गीत गाउने र बजाउने यहाँ पुरानो प्रचलन छ । होली मनाउन बाहिर रोजगारीका लागि गएकाहरु पनि धमाधम घर फर्किन थालेका छन् । होली पर्व घरमै मनाउने परम्परानुसार यसरी बाहिर रहेकाहरु घर फर्किन थालेका हुन् । 

बसन्त ऋतुको आगमनको अवसर पारी यस अवधिमा रंग, अविर, खेल्न खुल्ला हुने जनधारणाले गर्दा सरस्वती पूजादेखि पूर्णिमासम्म घर–घरमा एक आपसमा रंग, अविर लगाई रमाइलो गर्ने र साँझतिर टोल र बजारको कुनै चौकमा भेला भई युवाहरु रमाइलो गर्ने गरकेो दृश्य देखिन थालेको छ ।
 

Related

मनोरञ्जन 2889928809448749876

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item