माध्यमिकी परिक्रमा आज धनुषाधाममा

http://sindhulidarpan.blogspot.com/2013/03/janakpur_21.html
जनकपुर,चैत ८ ।
मिथिला मध्यमा परिक्रमा आज धनुषाधाम पुगेको छ । हिजो धनुषाको पर्वतामा रात्री विश्राम गरेर परिक्रमा यात्रीहरु आज बिहानै धनुषाधाम पुगेका हुन् । धनुषाधाम आइपुगेका परिक्रमा यात्रीको लागि स्थानीयले स्वागत गर्ने कार्यक्रम छ । दशौं दिन परिक्रमा यात्री धनुषाधाम आइपुगेका हुन् । धनुषाधामस्थित धर्मशाला, नजिकको वन क्षेत्रमा परिक्रमा यात्रीहरु बास बस्ने भएका छन् । धनुषाधामस्थित धनुषमन्दिरमा परिक्रमा यात्रीले दर्शन पूजा गरेर भोली धनुषाको सतोषरको लागि प्रस्थान गर्ने छन् । गएको मंगलबारबाट सुरु भएको बहुचर्चित मध्यमा परिक्रमा भारतको दुई स्थान र महोत्तरी हुदै आज धनुषा पुगेका हुन् । महोत्तरीको कंचनवनबाट परिक्रमा यात्री हिजो बिहानै धनुषाको पर्वताको लागि प्रस्थान गरेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !