मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता निकासा


सर्लाही,चैत ८ ।
सर्लाही जिल्लाका गाविस लक्ष्मीपुर सुखचैनाका सचिव विन्देश्वर ठाकुरले मृत्यु भईसकेको व्यक्तिको नाममा वृद्धभत्ता निकासा गरेको खुलासा भएको  छ । गाविसहरुको बजेटमा सचिवहरुले आर्थिक अनियमिता गरेको गुनासो आएपछि स्थानिय विकास अधिकारी उमेश बस्नेतले गाविसहरुमा अनुगमन सुरु गरेपछि यो खुलासा भएको हो । अब प्रत्येक साता एउटा गाविसहरुमा अनुगमन गर्ने स्थानिय विकास अधिकारी बस्नेतले बताउनुभएको छ । 

लक्ष्मीपुर सुखचैना गाविसमा अनुगमन गर्ने क्रममा  सचिव ठाकुरले सात आठ महिनाको अवधिमा दुई दिन  मात्र कार्यालयमा उपस्थित भएको गाउँलेहरुले बताउनु भएको थियो । त्यस्तै कार्यालयमा हाजिरी रजिस्टर समेत नभएको र आर्थिक कारोवार श्रेस्ता अध्यावधि दुरुस्त नभएको फेला परेको थियो । समाजिक सुरक्षा भत्तामा पनि मृत्यु भइसकेको ब्यक्तीहरुको नाम रकम निकासा गरी आर्थिक अनियमिता गरेको देखिएको छ ।

Related

राष्ट्रिय 2035643464917717430

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item