पत्रकार महासंघ सिरहाद्वारा आन्दोलनको घोषणा

http://sindhulidarpan.blogspot.com/2013/03/journalist.html
सिरहा,चैत ८ ।
एसएलसी परीक्षाको समाचार संकलन गर्न लहानस्थित पशुपति आदर्श उच्च मावि केन्द्रमा पुगेका सञ्चारकर्मीमाथि हातपात गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक जयराम सिंहमाथि कारबाही नगरिएपछि सिरहाका पत्रकारहरुले प्रथम चरणको आन्दोलन घोषणा गरेका छन् । नेपाल पत्रकार महासङ्घ सिरहा शाखाले २४ घण्टे अल्टिमेटमसहित पाँचबँुदे माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत् हिजो अन्तरिम मन्त्रिपरिषद्लाई ज्ञापनपत्र बुझाएको हो ।
महासंघका जिल्ला अध्यक्ष देवकुमार यादवका अनुसार ज्ञापनपत्रमा दोषी सशस्त्र प्रहरीका असई जयराम सिंहमाथि कारबाही, घाइते पत्रकारको उपचारको व्यवस्था र क्षतिपूर्ति, खोसिएका संचार सामग्री पूर्ववत् अवस्थामा फिर्ता, पत्रकारहरुको सुरक्षासहित विनाअवरोध समाचार संकलन गर्ने वातावरण बनाउन माग गरिएको छ । महासंघले माग पूरा नगरिए आज विरोधस्वरुप हातमा कालोपट्टी बँधेर कार्यक्षेत्रमा काम गर्ने, ९ गते जिल्लाबाट प्रकाशित हुने सम्पूर्ण पत्रपत्रिकाहरुको सम्पादकीय स्तम्भ खाली राख्ने, चैत १० गते जिल्लास्ति ७ वटा एफएम रेडियोहरुको दिउँसो ३ बजे पाँच मिनेट प्रसारणअवरुद्ध गरिने जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !