राप्रपा र जनशक्ति पार्टीको एकता अधिवेशन

http://sindhulidarpan.blogspot.com/2013/03/party.html
नुवाकोट,चैत ८ ।
राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीको एकता अधिवेशन नुवाकोटमा सम्पन्न भएको छ । अधिवेशनले झनक प्याकुरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । २५ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, कोषाध्यक्षमा नरेन्द्रप्रसाद फुयाल रहनुभएको छ । सचिव पदमा कार्यसमिति बैठकले तोक्ने नवनिर्वाचित अध्यक्ष झनक प्याकुरेलले जानकारी दिनुभएको छ । कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । कार्यसमितिमा राप्रपा र जनशक्तिको सम्मानजनक प्रतिनिधित्व रहेको बताइएको छ । अब जिल्लामा दुई वटा पार्टी हुने छैनन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !