प्रचण्ड आज जनकपुर आउँदै


जनकपुर,चैत ९ ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धनुषा आउँदै हुनुहुन्छ । मिथिला मधेश राज्य समितिले आयोजना गरेको जनयुद्धका सहिद अजवलाल यादवको ११औं स्मृतिसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न धनुषा आउन लाग्नु भएको हो । 

आज बिहानको बुद्ध एयरको विमानबाट जनकपुर आए लगतै प्रचण्डले नेकपा एमालेबाट पार्टी परित्याग गरि एकीकृत माओवादीमा प्रवेश गर्न लाग्नुभएका नेता रामचन्द्र झाको घरमा चियापान गर्ने र धनुषाको सखुवा महेन्द्रनगरमा अयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हँुदै धनुषाधाममा आयोजित यादवको स्मृति सभा सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत माओवादीले जनाएको छ । 
 
प्रचण्डले धनुषाधाममा स्मृति सभा सम्बोधन गर्नूको साथै धनुषाधाम चोकमा निर्माण गरिएको सहिद यादवको स्मार्क अनावरण, स्मारिका पुस्तक विमोचनका साथै नेकपा एमालेका नेता रामचन्द्र झा लगायत अन्य नेताहरुलाई पार्टीमा औपचारिक रुपमै प्रवेश गराउने कार्यक्रम पनि रहेको धनुषा इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

Related

विविध 8020071199507659686

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item