पत्रकार महासंघको नवौ साधारणसभा पोखरामा

http://sindhulidarpan.blogspot.com/2013/03/journalist_22.html
पोखरा,चैत ९ ।
नेपाल पत्रकार महासंघको नवौ साधारण सभा आजबाट पोखरामा सुरु हुँदैछ । भोलिसम्म चल्ने साधारणसभामा सहभागी हुन देशभरबाट महासंघका प्रतिनिधि (सभासद) हरु पोखरामा भेला भएका छन् । साधारणसभामा देशभरबाट १ हजार पत्रकारहरु सहभागी हुने नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले जानकारी दिनुभयो ।
पोखरा सभागृहमा आज दिउँसो ३ बजेपछि हुने साधारणसभाको सर्वाेच्च अदालतका कार्यवाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । साधारणसभामा नेपालमा प्रेस तथा अभिव्यक्ति तथा स्वतन्त्रताको अवस्था, श्रमजिवी पत्रकारहरुको अवस्थाका बारेमा छलफल गरिने महासंघका अध्यक्ष शिव गाउँलेले जानकारी दिनुभयो ।
साधारणसभामा पत्रकारहरुको सेवा सुविधा र पारिश्रमिकका बारेमा देखिएको समस्याका बारेमा पनि छलफल गरिनेछ । महासंघको केन्द्रिय साधारणसभा पोखरामा गराउन पाउनु गौरवको बिषय भएको पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीबीनोद प्रतिकले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !