गौरीवास र बर्दिवासको जग्गा दर्ता प्रक्रिया सुरु


 महोत्तरी,चैत १ ।
गौरीवास १ र २ तथा बर्दिवास ३ को अव्यवस्थित बसोवास भएको जमिनलाई व्यवस्थित गर्नको लागि हक भोग पहिचान गर्ने काम शुरु भएको छ । तुलसीप्रसाद ढुंगानाको संयोजकत्वमा गठित  ९ सदस्यीय स्थानिय राजनीतिक तथा सामाजिक संयन्त्र  तथा दुबै गाविस कार्यालयले जमिनको हक भोग पहिचान गरेर दर्ताको लागि सम्वन्धित निकायमा सिफारिस गर्ने काम शुरु गरेका हुन्  । 

सरकारले महोत्तरीको गौरीवास १ र २ तथा बर्दिवास ३ को अव्यवस्थित बसोवास भएको जमिनलाई  जोतभोगको आधारमा सम्वन्धित व्यक्तिको नाममा दर्ता गर्ने निर्णय केहि महिना अघि नै गरेको थियो ।  ५० बर्ष भन्दा अघिदेखि बसोवास गर्दै आएका गौरीवासको १ र २ तथा बर्दिवास ३ का  एक हजार भन्दा बढी परिवारले अहिलेसम्म पनि आफ्नो जमिनको लालपुर्जा पाउन सकेका छैनन् ।

Related

विविध 9066525199783703975

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item