एसएलसी परिक्षा आजबाट सुरु

http://sindhulidarpan.blogspot.com/2013/03/slc-exam_14.html
कठमा काटमाण्डौ,चैत १ ।
यसबर्षको प्रवेशिका परिक्षा एसएलसी आजबाट सुरु भएको छ । केहीबेर अघिबाट सुरु भएको परिक्षामा नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८ गरी कूल ५ लाख ४७ हजार १ सय ६५ परिक्षार्थी सामेल भएका भएका छन् । आज पहिलो दिन अनिवार्य अग्रेजी विषयको परिक्षा भइरहेको छ । देशभर परिक्षा सञ्चालनका लागि एक हजार७ सय ८६ परिक्षा केन्द्र तोकिएका छन् ।
देशभर परिक्षालाई मर्यादित बनाउन सुरक्षा व्यवस्था मजबुद पारिएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आजबाट सुरु भएको परिक्षा चैत ९ गतेसम्म सञ्चालन हुनेछ । परिक्षाको मर्यादा विपरित काम भए त्यस्ता व्याक्तिलाई १ लाख जरिवाना र ६ महिना सम्मको कैदको व्यवस्था गरिएको छ । एक परिक्षार्थीको सट्टा अर्कोले परिक्षा दिए २ बर्षसम्म परिक्षाबाट बन्चित गरिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !