चारशक्तिको सहमति विरुद्ध आजबाट २२ दलको विरोध

http://sindhulidarpan.blogspot.com/2013/03/nepal_14.html
काठमाण्डौ,चैत १ ।
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन लागेको विरोधमा नेकपा–माओवादी सहितका २२ दलले आज विरोध प्रदर्शन गर्दैछन् । अहिले बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगि विरोध प्रदर्शन गर्ने ती दलले जनाएका छन् ।

नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले सपथग्रहण हुने ठाउँमै विरोध गर्ने र आजबाट सडक संघर्ष सुरु हुने सीआइएनलाई जानकारी दिनुभयो । हिजो बसेको २२ दलको बैठकले रेग्मीलाई प्रधानमन्त्री बनाउने विषयमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !