एसएलसी परिक्षामा सिन्धुलीबाट करिब ६ हजार विद्यार्थी सामेल हुने

http://sindhulidarpan.blogspot.com/2013/03/slc_13.html
पोष्टराज पहाडी,
सिन्धुली,फागुन ३० ।
भोली देखी सुरु हुने एसएलसी परिक्षामा सिन्धुली जिल्लाबाट ५ हजार ९ सय ३२ जना विद्यार्थी सामेल हुने भएका छन् । जिल्ला शिक्षा कार्यालय सिन्धुलीले आज पत्रकार सम्मेलन मार्फत एसएलसीमा उक्त संख्यामा विद्यार्थी सामेल हुने जानकारी गराएको हो ।
परीक्षाको लागि सिन्धुलीमा यो वर्ष २१ वटा केन्द्रहरु रहेका छन् । प्रत्येक केन्द्रमा सोही विद्यालयका प्रअ तथा प्राचार्यहरुलाई केन्द्राध्यक्ष तोकीएको छ । जसमध्ये फिक्कल मावि सोल्पाठानामा ४ वटा विद्यालयका १ सय ५२ जना, बैकटेश्वर माविमा ९ वटा विद्यालयका ३ सय ४८ जना, उमावि लाम्पान बतासेमा ५ वटा विद्यालयका गरि ३ सय ४६ जना, उमावि मझुवा दोभानमा ४ वटा विद्यालयका २ सय ५४ जना, चन्दावति उमावि बेलघारीमा ८ वटा विद्यालयका ३ सय १८ जना, सरस्वती उमावि डकाहामा ३ वटा विद्यालयका २ सय २९ जना र जनजागरण उमावि हर्षाहीमा ३ वटा विद्यालयका १ सय ४९ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय सिन्धुलीको तथ्याङ्कमा छ ।
यसैगरि उमावि लदाभिरमा ५ वटा विद्यालयका २ सय ६० जना, सरस्वति उमावि शंखटारमा ५ वटा विद्यालयका २ सय ४९ जना, जनजागृति उमावि भिमानमा ४ वटा विद्यालयका १ सय ९७ जना, कमला उमावि भलुवाहीमा ३ वटा विद्यालयका २ सय ९७ जना, कौशीका उमावि ग्वाल्टारमा ७ वटा विद्यालयका ३ सय ४५ जना, जनज्योति उमावि खुर्कोटमा ५ वटा विद्यालयका ३ सय ६९ जना, प्रगतिशिल उमाविमा ७ वटा विद्यालयका ३ सय ३८ जना, उमावि हायुटारमा ३ वटा विद्यालयका १ सय ६५ जना, चण्डेश्वरी उमावि डाँडीमा ५ वटा विद्यालयका ३ सय ७३ जना, कपिलाकोट उमावि छापमा ६ वटा विद्यालयका ३ सय ९ जनाले एसएलसी दिदै छन् ।
यस्तै उमावि महेन्द्रझ्याडीमा ४ वटा विद्यालयका २ सय २२ जना, जनज्योति उमावि फोस्रेटारमा ९ वटा विद्यालयका ३ सय ३५ जना, कमला उमावि ढुंग्रेवासमा ७ वटा विद्यालयका ३ सय ७५ जना, गौमति उमावि माढी बजारमा ५ वटा विद्यालयका ३ सय २ जनाले एसएलसी दिने शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।
परिक्षाकेन्द्रको शान्ती सुरक्षालाई मध्यनजर गर्दै जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरि पर्याप्त मात्रामा सुरक्षा कर्मीको व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसाद लुइटेलले सो पत्रकार सम्मेलन मार्फन जानकारी दिए । साथै जिल्ला शिक्षा कार्यालयले परिक्षालाई मर्यादित बनाउन बालबालिकालाई समयमानै परीक्षा केन्द्र पठाउन, परीक्षा केन्द्रमा अनावश्यक भिड नलाग्न तथा परीक्षा केन्द्र वरपर मदिराको बिक्री नगर्न÷नगराउन सबैसँग अनुरोध समेत गरेको छ ।
सो पत्रकार सम्मेलनमा चालु आर्थीक वर्षमा अहिले सम्म जिल्ला शिक्षा कार्यालय सिन्धुलीले गरेका उपलब्धी तथा काम कारवाहीका बारेमा पनि जानकारी गराइएको थियो । चालु आर्थीक वर्षमा जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जिशिअको नेतृत्वमा हायुटार, बखफर श्रोतकेन्द्रका सामुदायीक अध्ययन केन्द्रका सबै विद्यालयको अनुगमन गरी भौतिक सुविधा विस्तारको पे.फ, पठनपाठन र काममा ढिलासुस्ति गर्नेलाई तिब्र गतिमा काम गर्न सुझाव दिएको र काममा लापरबाही गर्नेलाई कार्यवाही गर्ने कार्य गरेको जनाएको छ ।
यसैगरि जिल्लामा विगतका वर्षमा रहेको ८ करोड ९ लाख रकम बेरुजु फछ्र्यौट गरेको, जिल्ला शिक्षा कार्यालयमा सोलार सिसटको जडान भएको, मावि र उमाविहरुका प्रअहरुको जिल्ला बैठक राखी जिल्लाको शैक्षिक प्रतिबद्धता व्यक्त गरेको तथा आर्थीक वर्ष ०६९÷७० को वार्षीक कार्यक्रम प्रबोधीकरणको कार्य पनि सम्पन्न गरेको बताइएको छ ।
चैत ९ गतेसम्म सञ्चालन हुने एसएलसी परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । प्रयोगात्मक परीक्षा सैद्धान्तिक परीक्षा सकिएपछि जिल्ला शिक्षा कार्यालयको व्यवस्थापनमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।
यस वर्षको एलएलसी परीक्षामा देशभरबाट ५ लाख ४७ हजार एकसय ६५ परीक्षार्थी सहभागी हुँदैछन् । यसमध्ये नियमिततर्फ ४ लाख ३० हजार ९७ र एक्जेम्टेड तर्फ १ लाख १७ हजार ६८ छन् । परीक्षाका लागि १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि १ हजार ७ सय ८६ केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १९ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !