श्रीमानले श्रीमतीको हत्या गरे


  झापा,फागुन २० ।
झापाको गोलधापमा आज एक व्यक्तिले आफनै श्रीमतीको हत्या गरेका छन् । गोलधाप ३ का ६१ बर्षीय देउमान राईले पारिवारीक विवादका कारण आफ्नी ५३ वर्षीया श्रीमती शुकमाया राईलाई कुटपिट गरेर हत्या गरको इलाका प्रहरी कार्यलय अनारमनीले जनाएको छ ।

मृतक शुकमायाको शरीररै भरी चोट तथा निलडाम रहेको अवस्थामा स्थिानीयले आज बिहान घरमै शव फेला पारी प्रहरीलाई खवर गरेका थिए । कुटपीट गरी हत्या गर्ने  देउमानलाई आज बिहान ११ बजे अनारमनी प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताईएको छ ।

Related

विविध 5362405880759898987

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item