कमलामाई नगरपालिकाका बासिन्दा सुविधा विहिन

http://sindhulidarpan.blogspot.com/2013/03/sindhuli_3.html
विदुर पौडेल,फागनु २० ।
स्थानिय विकास स्वयत्त शासन ऐन २०५४ अनुसार विजुली बत्ति, खानेपानी, संञ्चार र यातायात लगाएतको प्रयाप्त सुबिधा नगरपालिकामा ब्यबस्था हुनु पर्ने भएपनि कमलामाई नगरपालिकाका बासिन्दाहरुले यो सुविधा पाएका छैनन् । विजुली बत्ति, खानेपानी, संञ्चार र यातायात लगाएतको प्रयाप्त सुबिधा भएका स्थानलाई मात्र नगरपालिका घोषणा गर्न सकिने ब्यबस्था भएपनि ऐन लागु हुनुभन्दा अगाडिनै घोषणा भएको देशकै दोस्रो ठुले नगरपालिकामा अहिले सम्म उक्त सुबिधा स्थानिय बासिन्दाले प्राप्त गर्न सकेका छैनन् ।
कमलामाई नगरपासलकाको वडा नम्बर ३, ८ र १३ विद्युतलाईन विस्तार नभएको नेपाल विद्युत प्राधिकरण शाखा सिनधुलीले जनाएको छ ।

नगरपालिकामा बसोबास गर्ने स्थानिय बासिनदाहरुलाई स्वस्छ खानेपानीको उपभोग गर्नु पर्ने ब्यबस्था नगरपालिकाले गर्नु पर्ने भएपनि अहिले सम्म कमलामाई नगरपालिकाको तथ्याङ्क अनुसार नगरमा बसोबास गर्ने कुल स्थानिय बासिन्द मध्ये ६० प्रतिशतले मात्र स्वच्छ खानेपनिीको सुबिधा पाएका छन् । यसरी अन्य ४० प्रतिशत स्थानिय बासिन्दाहरु दुषित पिउने पानीको पयोग गर्ने गरेका छन् । त्यसैगरी संञ्चारको सुबिधा अन्र्तगत टेलिफोन तारलाईनको बिस्तार गर्नुपर्ने भएपनि सदरमुकाम भन्दा बाहेकका बडाहरुमा लाईनको बिस्तार नभएकोले त्यस क्षेत्रका सथानियहरुले सिडिएमए र नमस्ते फोनहरुको मात्र प्रयोग गर्ने गरेको
नेपल टेलिकम शाखा सिन्धुलीले जनाएको छ । नगरपालिकामा एक मात्र बहुमुखि क्याम्पस भएको र अन्य क्याम्पसहरु विकासको पाईला पछ्रयाएपनि देशका अन्य नगरपालिकाको तुलनामा शिक्षा क्षेत्रमा निकै पछि रहेको छ । त्यसैगरी यातायातको सेवा तथा सुविधा अन्र्तगत नगर वरीपरि कच्चि सडकहरु निर्माण गरिएपनि ति सडकहरुमा कालोपत्रे नभएको र सदरमुकाम तथा नगर क्षेत्रको सडकको बिकासको सहि प्रगति लिन सकेको छैन । जिल्लाको सदरमुकाम तथा नगरपालिकामा वडा नं. ३ र १३ मा कृषी सडकसम्म पुगेको छैन । जिल्लामा एक मात्र पक्कि सडक बिपि राजमार्ग रहेको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिका घोषण भएको १५ बर्ष पुगिसक्दापनि स्थानिय विकास स्वयत्त शासन ऐन अनुसार बिकास भने भएको छैन् ।
आन्तरीक श्रोत धेरै कम भएकाले नेपाल सरकारबाट प्राप्त अनुदानमै निर्भर रहनुपर्ने भएकाले नगरपालिकाले सोचे अनुसारको नगरपालिकाले विकास गर्न नसकेको कमलामाई नगरपालिकाका योजना अधिकृत बिनोद्कबाबु खकुरालले बताउनुभयो । विगत पाँच बर्षको तुलनामा अहिले नगरपालिकाले निकै बिकास निर्माणका काम गरेको खकुरालले दावि गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !