राजीनामा दिए महान्यायाधिवक्ताले

http://sindhulidarpan.blogspot.com/2013/03/nepal_15.html
काठमाण्डौ, चैत २ ।
महान्यायाधिवक्ता मुक्ति प्रधानले अन्तरीम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटी आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानले भोली देखि लागू हुने गरि दिईएको राजीनामा दिएका हुन् । निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले महान्यायाधिवक्तामा नियुक्त गरेका प्रधानले भट्टराई सरकारको विघटनपछि राजीनामा गरेका हुन् ।
पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणमा कारवाही अगाडि नबढाउन ठाडो आदेश दिएपछि प्रधान विवादमा परेका थिए । उनले पत्रकार हत्यामा संलग्न अभियुक्तहरुले हत्या गरेको स्वीकार गरेपनि जिल्ला न्यायाधीशलाई कारवाही प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएका थिए । सरकारको कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिबक्ताले सरकार विघटनसंगै राजीनामा गर्ने प्रचलन रहेको छ ।
महान्यायाधिवक्ता मुक्ति प्रधानले अन्तरीम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटी आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानले भोली देखि लागू हुने गरि दिईएको राजीनामा दिएका हुन् । निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले महान्यायाधिवक्तामा नियुक्त गरेका प्रधानले भट्टराई सरकारको विघटनपछि राजीनामा गरेका हुन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !