विद्यार्थी आन्दोलन यस्तो हुदैछ

http://sindhulidarpan.blogspot.com/2013/03/students_15.html
काठमाडौ चैत २ ।
सार्वजनिक सवारी साधनमा भएको भाडा बृद्धि र स्ववियू निर्वाचनको माग राखेर आन्दोलित बनेका ११ विद्यार्थी संगठनहरुले आजबाट दोस्रो चरणको आन्दोलन सुरु गर्दैछन् । दोस्रो चरणको आन्दोलन अन्र्तगत आज देशभरी स्थानिय स्तरमा आन्दोलन परिचालन गर्न संयुक्त संयन्त्र गठन गरिने जानकारी दिइएको छ ।
त्यसैगरी भोली देशव्यापी प्रचार प्रसार गर्ने र पर्सी उपभोक्ताबादी संघ संस्थाका प्रतिनिधीहरुसँग छलफल गर्ने बताइएको छ । ११ विद्यार्थी संगठनहरुले ९ गते सम्मकालागि दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन । ९ गते एसएलसी परीक्षा सकिने र त्यस सम्मपनि आफुहरुका मागको सुनुवाई नभए कडा आन्दोलन थाल्ने नेविसंघका नेता लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !