नयाँ सरकारलाई राष्ट्रसंघको स्वागत


काठमाडौ, चैत २  ।
संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनले नेपालमा अन्तरिम चुनावी परिषद्को गठनलाई स्वागत गर्नु भएको छ । संयुक्त राष्ट्र संघको तर्फबाट जारी गरिएको बिज्ञप्तिमा सबै पक्षहरुलाई अगामी चुनावको वातावरण बनाउन र बृहत शान्ति सम्झौताको कार्यान्वयनको प्रतिबद्धतालाई पुरा गर्न पनि आह्वान गरिएको छ ।

यसका साथै यही मार्चको १९ देखि २१ गतेसम्म राष्ट्रसंघको राजनीतिक मामिला सम्बन्धी उपमहासचिव जेफ्री फेल्मनले नेपाल भ्रमण गर्ने बिज्ञप्तीमा जनाइएको छ । राष्ट्रसंघले आगामी भ्रमण नेपालको शान्ति प्रकृयालाई नजिकबाट सहयोग गरिरहेको प्रतिबद्धता जाहेर गर्ने अवसरको रुपमा लिईने बिज्ञप्तीमा उल्लेख छ ।

Related

राष्ट्रिय 9149825107059246806

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item