सडक दुर्घटनामा ३ जनाको मृत्यु


जनकपुर,चैत २८ ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत धनुषाको बेड्गाडावर नजिक रहेको मरहडी पुलमा सडक दुर्घटना हुँदा ३ जना कांग्रेस कार्यकर्ताको मृत्यु भएको छ । ६ जना गम्भीर घाईते भएका छन । ना २ च २१८७ नम्बरको बोलेरो जिपले रोकि राखेको ना ४ ख १२१६ नम्बरको ट्रकलाई ठक्कर दिँदा जिपमा सवार महोत्तरी भड्गहा २ का ६५ बर्षिय बासुदेब साह ज्ञानु, सोहि गाबिस  वडा नम्बर ७ का हिमाल अधिकारी र महोत्तरी धर्मपुर गाबिस ६४ का अनुप नारायण बछारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

उनिहरु नवलपरासीमा भइरहेको कांग्रेस महासमितिको बैठकमा सहभागी भएर फर्किरहेका थिए । घाईतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ भने मृतकहरुको शवलाई पनि पोस्टमार्टमका लागि अस्पतालमा नै राखिएको छ । दुर्घटना आज बिहान ४ बजे भएको थियो । यसैबीच,दुर्घटनामा परेर कार्यकर्ताहरुको निधन भएपछि  नेपाली कांग्रेसको महासमिति बैठक समवेदना ब्यक्त गर्दै केही समय ढिला गरि सुरु हुने भएको छ ।

Related

राष्ट्रिय 3673852624112221618

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item