आज घाडेजात्रा मनाइदै


काठमाण्डौ, चैत २८ ।
चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित सहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष आजका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । 

साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । घोडेजात्रा अवलोकनका लागि राष्ट्रपती डा.रामवरण यादव उपराष्ट्रपती परमानन्द झा, अन्त्रिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी  प्रधानन्यायाधीश लगायत संवैधानिक अङ्गका प्रमुख, विदेशी कुटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति हुने नेपाली सेनाकोे जङगी अड्डाले जनाएको छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ । सरकारले आज काठमाण्डू उपत्यकामा सार्वजनिक विदा पनि दिएको छ । 

Related

विविध 7525961802864951270

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item