खडेरीको कारण कमै उत्पादन घट्ने

http://sindhulidarpan.blogspot.com/2013/04/agriculture_9.html
मिनकुमार दाहाल,
सिन्धुली,चैत २७ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले लामो खडेरी परेको कारण जिल्लाको प्रमुख वाली मकैको उत्पादन घट्ने जनाएको छ । जिल्ला कृषि विकास कार्यालय वाली संरक्षण अधिकृत देवराज अधिकारीले जिल्लामा लामो खडेरी परेकाले मकै वाली प्रभावित हुन सन्के उहाँले वताउनुभयो । खडेरी यसरीनै लम्वी रहे कमै उत्पादनमा यस वर्ष निकै कम हुने अधिकारीले जानकारी दिनुभयो ।
वाली संरक्षण अधिकृत अधिकारीका अनुसार खडेरीको कारण कृषकले कतिपय स्थानमा वारीमा मकै रोप्न पाएका छैनन् भने खेतमा लगाएको मकै सुक्न थालेको छ । पानी नपरेकोले खोलाका मुहानहरु सुक्न थाले पछि खेतमा भएको मकैमा पानी लगाउन समेत समस्या भएको अधिकारीले वताउनुभयो । यस वर्ष लामो खडेरी परेको कारण तरकारी र मकै वालीलाई प्रत्यक्ष असर परेको छ ।
कमलामाई नगरपालीका–५ का कृषक पुष्कर पोखरेलले मकैका विरुवा राम्रा भए पनि पानी नपरेको कारण मकैका विरुवा मर्न थालेको वताउनुभयो । एक हप्ता भित्र पानी परेन भने कमैका विरुवा सवै सुक्ने कृषक पोखरेललेको भनाई छ । गत समयमै वर्ष मकै पानी परेकोले मकै वाली राम्रो उत्पादन भएको पोखरेलले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !