‘माओवादी दारा–नंग्रा खुईलिएको बाघ जस्तै’

http://sindhulidarpan.blogspot.com/2013/04/nepal-news.html
काठमाडौं, चैत २७। एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी र नेकपा–माओवादीलाई दारा–नंग्रा खुईलिएको बाघको संज्ञा दिएका छन् । शहीद रत्नकुमार बान्तवाको ३५ औं स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले माओवादीसँग युद्धको जस्तो शक्ति नरहेको बताए । ‘माओवादीसँग कथित जनमुक्ति सेना पछि छैन,’ उनले भने, ‘माओवादी दारा–नंग्रा खुईलिएको बाघ जस्तै हो । हाम्रो जित सुनिश्चित छ ।’ उनले हारिने डरले माओवादी निर्वाचनमा जान त्रसिएको आरोप लगाए । सोही कारण निर्वाचन हुन नदिने वातावरण बनाउन माओवादी क्रियाशिल रहेको खनालको आरोप थियो ।
उनले संविधानसभाको निर्वाचन मंसिरमा हुने दोहराए । उनले भने, ‘माओवादीका कारण असारमा निर्वाचन संभाव भएन अब मंसिरमा निर्वाचन हुन्छ ।’ एमाओवादीको नेतृत्वमा देशको ढुकटी ब्रम्हलुट भएको आरोप लगाएका खनालले देश लुटिनबाट जोगाउन प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरेको बताए । उनले एमाओवादीले नौं÷दश महिनासम्म मुलुक लुटेको बताए । एमाले अबको संविधानसभा निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी पनि दोहराए । उनले भने, ‘एमाले अब मुलुककै ठूलो पार्टी भन्छ ।’
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !